काठमाडौं । कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।
कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।
यसअघि १२ को परीक्षा वैशाख ८ गते गर्ने तयारी भएको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्