काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको सचिवालय बैठक स्थगित गरिएको छ। बैठक आज साँझ ४ बजे बस्ने तय भएको थियो।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको बैठकले आज सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो।
आज स्थगित सचिवालय बैठक भोलि आइतबार बस्ने प्रचण्डको सचिवालयले जनाएको छ। तर भोलिका लागि समय भने निश्चित गरिएको छैन।
सचिवालय बैठकमा राजदूत नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको भन्दै नेकपामा असन्तुष्टि छ।
आफ्नो प्रतिकृया दिनुहोस्