काठमाडौं । हेटौडा उपमहानगरपालिका १४ नयाँ बस्तीबाट एक जना महिलालाई बन्धक बनाई हत्या गर्ने डेढ वर्ष पछि पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ११ घर भई हाल मकवानपुरको हैटौडा बस्दै आएका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझिलाई पक्राउ गरेको हो ।
गत ०७६ साल जेष्ठ ५ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थाई टहरामा सिन्धुपाल्चोक कर्थली गाउँपालिका ३ घर भई हाल काठमाडौंको जोरपार्टीस्थित नयाँबस्तीमा बस्दै आएकी ३६ वर्षीया पम्फ श्रेष्ठको बन्धक बनाई हत्या गरिएको थियो ।
गत ०७६ साल वैशाख ३० गते देखिनै अभियुक्त माझिले मृतक पम्फा श्रेष्ठलाई विभिन्न वाहाना गरी डेरामा लगेर वन्धक बनाई जेठ २ गते पम्फको हत्या गरी बाहीरबाट ताला लगाई फरार भएको अनुसन्धामबाट खुलेको हो ।
स्थानियहरुले प्रहरीलाई खबर गरेकोमा अनुसन्धान टोलीले ताला फोरी हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विनय माझिले सोम बहादुर राईको नामबाट जिल्ला प्रशाशन कार्यालय मकवानपुरबाट नागरीकता निकालेको र त्यस विषयमा समेत अनुशन्धान भईरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्