सुनसरी । ईटहरी उपमहानगरपालिका-८ रत्न अधिकारीको घरको तेस्रो तलाको बैठक कोठामा तास खेल्ने ९ जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका -८ बस्ने ६२ वर्षीय रत्न अधिकारी, सोही ठाउ बस्ने ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी ४८ वर्षीय महेश बराल, ४५ वर्षीय डिक बहादुर कार्की, ५१ वर्षिय रामनाथ हरीजन,४६ वर्षीय भिम भुजेल, ५६ वर्षीय राम बहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले उनिहरुलाई हरुलाई ३ वुक तास र नगद बिस हजार तिन सय असी सहित घर सहित पक्राउ गरेको हो जिल्ला प्रशासन कार्यालय वाट मुलुकी अपराध (संहिता) – २०७४ वमोजिम म्याद लिई आवश्यक अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्