काठमाडौं । लागुऔषध ओसार पसारमा संलग्न ५ जनालाई प्रहरीले कास्कीको तुम्केबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको छ ।
उनीहरुलाई लागु औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्