काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैं तिहार नजिकिदै गर्दा नेपाल प्रहरीले विभिन्न सुरक्षाका योजनाहरु बनाउदैँ आएको छ ।
मुख्या चार्ड दशैतिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ ।
दशैं तहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीलाई परिचालन गर्ने भएको छ ।
नेपालभरमा टाफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक (एसएसपी) कुवर कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्ने छ ।
कुन प्रदेशमा कति प्रहरी परिचालन ?
प्रदेश नं १ बिराटनगरले सात हजार ९२२ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८३ वटा र यात्रु सहायता कक्ष ३५ वटा राख्नेछ ।
प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले सात हजार ३९० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष ३३वटा संचालन गर्नेछ ।
बागमती प्रहरी कार्यालय हेटौडाले चार हजार ९५३ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ६२ वटा र यात्रु सहायता कक्ष ३९ वटा संचालन गरिसकेको छ ।
गण्डकी प्रहरी कार्यालय पोखराले पाँच हजार ३०३ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ७३ वटा र यात्रु सहायता कक्ष ३६ वटा राख्नेछ ।
लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५०प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८७ वटा र यात्रु सहायता कक्ष ४२ वटा राख्नेछ ।
कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ २८ वटा र यात्रु सहायता कक्ष १० वटा राख्नेछ ।
सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा पाँच हजार ५० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ४९ वटा र यात्रु सहायता कक्ष ४० वटा राख्नेछ ।
ड्रोन र तालिमप्राप्त कुकुरद्वारा सुरक्षा निरिक्षण
नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले बताए।
त्यस्तै प्रदेश प्रहरी कार्यालयहरुले समेत जिल्ला जिल्लामा कसरी चाडपर्वमा सुरक्षा दिने भनेर सादा पोसाकमा प्रहरी परिचालनदेखि लिएर मोवाइल गस्ती, साइकल गस्ती तथा नियमित चेकजाँच गर्ने प्रवक्ता कठायतले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्