पर्सा । शनिबार विरगंज महानगरपालिका २४ बहुअरी चोक स्थित रामगढीवा सडक खण्डबाट अवैध लागुऔषध सहित ३ जना भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतको चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं।४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, सोही ठाउ बस्ने २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटि गएको प्रहरी टोलीले बीरगंज आईसिपी गेटबाट जाँचपास भई आएका HR 38V 4895 नम्बरको ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिटको पछाडीको सिटमुनी तथा सोही क्यावीनको माथिको बोर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन (जम्मा ८९१ एम्पुल) Wincirex 100 mlको १२०६ बोत्तल सहित उनिहरुलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्