काठमाडौं । भक्तपुर नगरपालिका-९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वा गाउँपालिका-५ वस्ने ४५ वर्षीय लाल तामाङ,
काठमाडौं गौशला बस्ने सिन्धुली कमलामाई नगरपालिका-९ घर भएका २३ वर्षीय कपिल बस्नेत र भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सालकको खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्