काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाईदिन्छु भन्दै ठगि गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला डाक्नेश्री नगरपालिका-६ औरही घर भई हाल काठमाडौको बुढानिलकण्ड नगरपालिका कपन बस्दै आएका २५ वर्षीय मोहम्मद सहजाद आलम र सिन्धुली जिल्ला कमलामाई नगरपालिका-११ भिरगाउँ घर भई हाल काठमाडौंको बुढानिलकण्ड नगरपालिका कमन बस्दै आएका ४३ वर्षीय सुकमान वाईवा रहेका छन् ।
रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलनई नक्कली भिषा समेत देखाई ९ जना व्यक्तिहरुसँग ३ लाख ७ हजार रकम ठगि गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनिहरुलाई बानेश्वर र कपनबाट बुधबार पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं बुझाईएको महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्