मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिकाका सतिश मगर र कालीकोट घोचायबाडा गाउँपालिकाका बज्र रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले उनिहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी चौकी भैसैंबाट खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्तर्गतको त्रिभुवन राजपथमा चेकजाँच गर्दा लागु औषध बरामद गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्