काठमाडौं । रातोपुलस्थित साधना गल्लीबाट अर्काको नाममा रहेको जग्गा कीर्ते गरी आफ्नो नाममा ल्यार बेच्न खोज्ने एक फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ।
सिआइबीको टोलीले मुकेश राजभण्डारी भन्ने केवलप्रताप जंग राणालाई पक्राउ गरेको हो। राणाले कमलादेवी राजभण्डारीको नाममा रहेको पर्साको वीरगञ्ज महानगरपालिका-५ मा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कट्टा १५ धुरामा बनेको घर समेतको जग्गा हडप्न नाम परिवर्तन गरेर नागरिकता लिनेदेखि प्रशासनलाई प्रभावमा पारेर राजीनामा समेत पास गराएका थिए। राणाले आफ्नो नाम परिवर्तन गरेर मुकेश राजभण्डारी भएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट नागरिककता समेत लिएका थिए।
त्यसपछि गत फागुन १९ गत गते मालपोतका कर्मचारीको मिलेमतोमा राजीनामा पास गराई उक्त जग्गा आफ्नो नाममा ल्याएका थिए। उक्त जग्गाको बजारमूल्य ५० करोड रुपैयाँभन्दा बढी रहेको छ।
वीरगञ्जकै गिरीधारी लाल अग्रवाललाई जग्गा बेच्ने भन्दै ५० लाख रुपैयाँ बैना समेत लिएका थिए। उक्त घटना थाहा पाएपछि राजिवराज भण्डारीले राणाविरुद्ध सिआइबीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन्।
ललितपुर १३ कुसुन्ती स्थायी ठेगाना भएका ५० वर्षीय राणाले ललितुरबाट कीर्ते गरी नागरिकता लिएको समेत पाइएको छ। उनले ठगी गर्नकै लागि नाम परिवर्तन गरेर नागरिकता लिएको सिआइबीले जनाएको छ। उनलाई कारबाहीका जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको सिआइबीले जनाएको छ।
भण्डारी यसअघि २०७० कात्तिक ३ गते क्रेडिट कार्ड ठगी केसमा पनि पक्राउ परेका थिए। त्यसबेला महानगरीय प्रहरी परिसर ललितपुरले उनीविरुद्ध मुद्दा चलाएको थियो। त्यसैगरी २०७३ चैत ७ गते बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा चलाएको थियो। २०७६ जेठमा भने उनी ठगी मुद्दामा पक्राउ परेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्