एजेन्सी । भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।
‘भारतका उप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छु, सचिवालयले ट्विट गरेको छ।
‘उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ। उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन हुनुहुन्छु, ट्विटमा थप भनिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्