काठमाडौं । विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क, स्यानीटाईजर, पञ्जा र पिपिईको प्रयोग बढ्दो छ । तर, बजारको मागसँगै यस्ता वस्तु उत्पादनमा प्रयोग हुने विसाक्त रसायनका कारण झनै अर्को डरलाग्दो रोगको संक्रमण खतरा बढ्न थालेको छ ।
औाषधी व्यवस्था विभागले नै हातमा लगाउने ह्याण्ड स्यानीटाईजर प्रयोगमा ध्यान दिन पटक पटक सुचना जारी गरेको छ । खासगरी यस्ता स्यानीटाइजरमा प्रयोग हुने विसाक्त रसायनका कारण मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने भन्दै विभागले त्यस्ता वस्तु प्रयोगमा रोक लगाएको छ ।
सोमबार जारी गरेको अर्को सुचनामा ९ वटा ह्याण्ड स्यानीटाईजरको सुची छ जसले मानव स्वास्थ्यमा गम्भिर असर पर्याईरहेका छन् ।
विभागका अनुसार बजारमा विक्री वितरण भईरहेका ती ह्याण्ड स्यानीटाईजरहरुको नमुना संकलन गरि औषधि प्रयोगशालामा परिक्षण गर्दा तोकिएको स्तर विपरित बिसाक्त बस्तु समावेश गरिएको पाइएको हो । यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै त्यस्ता वस्तु र्वसाधरणको पहुँचमा नराख्न विभागले ध्यानाकर्षण गराएको छ ।
विभागका अनुसार भारतको उत्तराखण्डबाट उत्पादित हर्बल ट्रि ह्याण्ड रब स्यानीटाईजरमा ६२ प्रतिशत बिसाक्त बस्तु भेटिएको छ । विभागले यो स्यानीटाईजर विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै नेपालकै पर्सामा रहेको आर केमिकल प्याकेजीङ उद्योगद्वारा उत्पादित क्लिन हयाण्ड स्यानीटाईजरमा पनि विसाक्त पदार्थ भेटिएको छ । यसलाई पनि प्रयोगमा रोक लगाएको छ ।
त्यस्तै सोही उद्योगले उत्पादन गरेको कुम ह्याण्ड सेनिटाइजरमा पनि विसाक्त बस्तु भेटिएको छ । यो पनि प्रयोगमा रोक लगाइएको छ ।
त्यस्तै बनेपास्थित कुममकुम हर्बल उत्पादन प्रा।लीद्वारा उत्पादित कुमकुम इन्स्ट्यान्ड ह्याण्ड स्यानिटाइजरमा पनि ५२ प्रतिशत भन्दा बढी विसाक्त पदार्थ भेटिएका कारण विक्री वितरण र प्रयोगमा रोक लगाइएको छ ।
सोही उद्योगले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाईजरमा ७२ प्रतिशत विसाक्त पदार्थ भेटिएको छ । यसको प्रयोगमा पनि रोक लगाइएको छ ।
ललितपुरका ओम आरोग्य हेल्थकेयर प्रा।लीले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाईजर ओर्जिनल पनि प्रयोगमा रोक लगाइएको छ । यो ह्याण्ड स्यानीटाईजरमा ७५ प्रतिशत विसाक्त बस्तु भेटिएको छ ।
काठमाडौं स्थित साधना सप्लाइर्सले उत्पादन गरेको साधना ईन्स्ट्याण्ड ह्याण्ड स्यानीटाईजर पनि ४१ प्रतिशतभन्दा बढी बिसाक्त पदार्थ भेटिएको छ । यसलाई विक्री वितरण र प्रयोगमा रोक लगाईएको छ ।
त्यस्तै काठमाडौमा रहेको कालिका सप एण्ड केमिकल प्रा।लीले उत्पादन गरेको ड्रोन ह्याण्ड स्यानीटाईजर (पहेँलो) र कलर विहिनमा पनि विसाक्त पदार्थ भेटिएका कारण प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्