काठमाडौं । टिकटकमा आवद्ध समुह मिलिजुली टिकटक परिवारले काठमाडौंको गोंगबुस्थित हिमालय वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ ।
टिकटक समुह मिलिजुली टिकटक परिवारले दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई सहयोग गरेको हो । सामाजिक सञ्जाल टिकटकमा आवद्ध रहेर पनि यो समूहले समय समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
समूहले एक औपचारिक कार्यक्रम आयोजना गरेर दैनिक उपभोग्य सामानहरु हस्तान्तरण गरेको हो ।
२०६१ साल देखि संचालनमा रहेको यो आश्रममा हाल ३४ जना वृद्धवुद्धाहरु रहेका छन् । केही व्यक्ति र संस्थाहरुको सहयोगमा डेढ दशकदेखि सञ्चालित यस आश्रममा स्थानीय सरकार वा अन्य कुनै सरकारी निकायले ध्यान नदिएको आश्रमकी अध्यक्ष सरला पन्थी बताउँछिन् ।
आश्रममा १०० जना भन्दा बढी दाताहरुले सहयोग गरेको भएतापनि हाल खानेपानी र औषधी उपचारको समस्या भएकाले आफुहरु सहयोगी हातहरुको पखाईमा रहेको पन्थीको भनाई छ ।
मिलिजुली टिकटक परिवार नामक यो समूहले कोरोना महामारीका समयमा रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रम समेत आयोजना गरको थियो ।
आफुहरु यस्ता सामाजिक कार्यहरु गर्न सँधै तत्पर रहेको र अन्य कुनै समूहले सहकार्य गर्न चाहेमा सदा स्वागत गर्न तयार रहेको मिलिजुली टिकटक परिवार समुहका संयोजकहरु राजन कँडेल र कृपा बताउँछन् ।
आफ्नो प्रतिकृया दिनुहोस्