कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकामा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्।
घोडाघोडी नगरपालिका ४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्। प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।
प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्