काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।
सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट भारतीय नागरिक प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।
तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका एक प्रहरी अधिकारीले बताए।
‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेका हौँ’ प्रहरीले भने ‘अनुसन्धान जारी छ, दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ।
उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा खरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्