स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न ठाउँबाट ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीको ‘विशेष अप्रेशन’ चलाएर आईतबार जिल्लाका विभिन्न ठाउँबाट उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।
अदालतबाट अपराध पुष्टि भएपछि लुकेर बसेका कर्तब्यज्यान, हाडनाता करणी, लाागुऔषध, सवारी ज्यान, चेक अनादर र अंशवण्डा लगायत मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।
स्याङ्जा हरिनाश गाउँपालिका–५ का ६४ बर्षीय कर्ण बहादुर भट्ट क्षेत्री उर्फ कर्ण बहादुर मह २३ बर्षपछि प्रहरीको फन्दामा परेका छन् ।
हाडनाता करणी गरेको पुष्टि भएपछि अदालतले उनलाई २३ बर्षअघि नै २ बर्ष जेल सजाय हुने फैसला गरेको थियो । चापाकोट नगरपालिका–४ बस्ने ४५ बर्षीय भक्त सुनारी मगर १५ बर्षदेखी फरार थिए । अदालतले उनलाई सवारी ज्यान मुद्धामा २ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । भक्तलाई चापाकोटबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।
डाँका चोरी मुद्धामा ६ बर्ष कैद हुने फैसला भएपछि विगत १० बर्षदेखी फरार थिए, हरिनास गाउँपालिका–१ बस्ने लालबहादुर राम्जाली । ६२ बर्षिय राम्जालीलाई पनि प्रहरीले उनको घरबाट पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान संचालन गरेर स्याङ्जा प्रहरीले साउनमा मात्रै विभिन्न मुद्धाका ८३ जनालाई पक्राउ गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्