काठमाडौं । दुई महिनादेखि मन्त्रिपरिषद्मा प्रस्ताव रोकिएपछि नेपाल प्रहरी अस्पतालका ४२ जना चिकित्सकले राजिनामा दिएका छन् । आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजिनामा दिएको हो।
उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेता पनि दुई महिनादेखि मन्त्रिपरिषद्मा प्रस्ताव रोकिएपछि चिकित्सकहरुले राजिनामा दिने घोषणा गरेका हुन् ।
प्राविधिक प्रहरीले सेवामा आबद्ध भएको कम्तीमा तीन वर्ष भएपछि अध्ययन बिदा पाउने उल्लेख छ । त्यसका लागि कम्तीमा एक वर्ष हिमाली जिल्लामा काम गरेको हुनुपर्ने प्रावधान रहेको र प्रहरीका चिकित्सकका लागि त्यो प्रावधान अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको छ ।
गृहमन्त्री रामबहादुर थापाको असक्षमताका कारण नियमावली समयमै संशोधन हुन नसकेको हो । अध्ययन बिदा नै नपाउने समस्या हुँदा प्रहरीमा भर्ना भएका चिकित्सकले राजिनामा दिन लागेपछि उनीहरुलाई सेवामै टिकाइराख्न नियमावली संशोधन गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्