काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन् ।
‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्।
आफुँ अहिले होम आइसोलेसनमै बसिरहेको बताइन्।
आफ्नो प्रतिकृया दिनुहोस्