दिल्ली। भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले एक नेपाली सहित ३ जनालाई पक्राउ गरेको छ।
दिल्ली स्पेसल सेलका अनुसार भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेकाे आराेपमा भारतका स्वतन्त्र पत्रकार राजिव शर्मा सहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई पक्राउ गरेको हो ।
स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले उनीहरूले दिल्लीकाे महिपालपुरमा एउटा कम्पनी खाेलेका थिए । त्यही कम्पनी मार्फत काराेबार भईरहेकाे थियाे । चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६-२०१८ बिचका दस्तावेज दिएकाे डीसीपी यादवकाे दावी छ । दिल्ली पुलिसले यस बिषयमा थप अनुसन्धान गरेर नाम सार्वजनिक गर्ने बताएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्