काठमाडौं । होप फर ह्युम्यानिटी नेपाल र गगननगर विकास समिति द्वारा संयुक्त रूपमा आयोजित आकस्मिक रक्तदान कार्यकम सम्पन्न भएको छ ।

शनिबार गरिएको उक्त कार्यकममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदि, होप फर ह्युम्यानिटी नेपालकाअध्यक्ष विमला सिग्देल सापकोटा, गगनगर विकास समितिका अध्यक्ष नारायण ढुङ्गेल र स्वाकन नेपालका अध्यक्ष नवराज प्रसाईंको आतिथ्यममा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यकममा सशस्त्र प्रहरी बल,दुवाकोट बाट पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यकममा स्वास्थ्य सुरक्षाका सहित ८० जना रक्तदाताहरूले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्