काठमाडौं । प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ ।
खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता ९डिएसपी० गौतम मिश्रले बताए ।
प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए । बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।
साह प्याजका होलसेल हुन् । खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ । साह प्याजका होलसेल विक्रेता हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्