काठमाडौं । बाग्मति प्रदेशमा मंगलबार थप ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३, भक्तपुरमा ६३, काभे्रपलाञ्चोकमा ३०, चितवनमा २२, रामेछापमा ९, मकवानपुरमा ८, दोलखामा ४, धादिङमा ३, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा २ र नुवाकोटमा १ गरि प्रदेशभर ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।
मंगलबार देशभर १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८२३ जना कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । थप २ जनाको मृत्यु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्