काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ । यस्तै ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्