काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६१,५०० नाघेको छ।
पछिल्लो २४ घण्टामा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्याले जनाएको छ । यो सहित हालसम्म ३९० जनाको कोरोनाका कारण मृत्यु भएको छ।
अहिले देशभरि १७,३८३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ९,२९५ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ११,४५८ वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।
त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
आफ्नो प्रतिकृया दिनुहोस्