स्याङ्जा । जिल्लाको वालिङ नगरपालिका-१४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए।
ज्यान गुमाउनेहरुमा पाँच वर्षीय बालक कविर नेपालीसहित घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उक्त परीवारकै १६ वर्षीया मनिषा नेपालीको पोखरा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्