उदयपुर । जिल्ला प्रहरी कार्यालयले ‘लागु औषध नियन्त्रण’अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ फत्तेपुरबाट अबैध लागुऔषध कारोबारीमा संलग्न एक महिला सहित आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ बस्ने १९ वर्षीय रजामुदिन अन्सारी, २४ वर्षीय दिलिप घिमिरे, २० वर्षीय मिलन बिश्वकर्मा, २२ वर्षीय शिब अधिकारी, २२ वर्षीय बिशाल मगर र २० वर्षीय सागर पौडेल रहेका छन् ।
उनिहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।
फत्तेपुरबाट सदरमुकाम गाईघाटतर्फ स.१ प. ३२२४ नम्बरको मोटरसाईकलमा ल्याई बिक्रि बितरण गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट अवैध लागुऔषध फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल समेत गरी जम्मा १ सय ५ एम्पुल फेला परेको छ भने तिन थान मोवाईल समेत बरामद गरिएको छ ।
त्यसैगरि जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट अबैध लागुऔषध कारोबारीमा संलग्न भएको आरोपमा एक दाम्पत्य जाडी पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सप्तरी अन्निसाईर कृष्णसबरम गाउँपालिका १ बस्ने बर्ष ३१ को पीके भन्ने प्रबेश मिया र उनको श्रीमती बर्ष २६ की हजारुम खातुन रहेका छन् ।
उनिहरुलाई लागुऔषध बिक्रिको लागी भारतबाट उदयपुर आउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट लागुऔषध फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी जम्मा एक सय ८० एम्पुल लागु औषध फेला परेको छ ।
अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । पक्राउ परेकाहरुलाई बिहिबार सार्वजनिक गरिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्