काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चीनले हुम्लाको नाम्खा गाउँपालिकाको ललुङजोङ क्षेत्र मिचेर भवन बनाएको आरोप लगाउँदै नेविसंघले सोमबार प्रदर्शन गरेको हो ।
प्रदर्शनमा संलग्न नेपाली विद्यार्थिसंघका कार्यकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।
पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखिएको प्रदर्शनमा सहभागी नेविसंघका मनिष सिम्खडाले रातोपाटीलाई बताए ।
‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो ।
नेविसंघले सिमाना मिचेको दावी गरेपनि सरकारले चिनको तर्फबाट सिमाना नमिचेको स्पष्ट गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्