काठमाडौं । यसबर्ष ५ सय ९४ जनालाई मानपदवी र अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गरेकी हुन् ।
चिकित्सक डा। सन्दुक रुइटलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिएको छ । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
अख्तियारका आयुक्त डा। गणेशराज जोशी, बनस्पतिविज्ञ डा.तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के।सी, शसस्त्रका अर्का उआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले पाउने भएका छन् । कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जना र राष्ट्र यशोवद्र्धक २ जनाले पाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ‘नेपाल सेवा प्रविण’ समाजसेवी चन्द्र बहादुर पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवा रत्न ११ जना, परम पौरख भाष्टकर १२ जना, नेपाल प्रताप सुभूषण २४ जना र अतिपौरख भाष्कर विभुषणबाट २० जना विभुषित हुने भएका छन् ।
नेपाल प्रताप आभुषणबाट १४ जना र महापौरख भाष्कर १२ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्