कञ्चनपुर । भारतको रुद्रपुरस्थित कोभिड सेन्टरबाट ४ जना कैदी फरार भएका छन्। ती चारमा एकजना बझाङका छन्। उनको खोजीका लागि सितारगञ्ज प्रहरीको एक बिशेष टोली बनबसालगायत नेपाल–भारत सीमा क्षेत्रमा खटिएको छ।
सितारगन्जस्थित सेन्ट्रल जेलमा सजाय भोगिरहेका तीनजना र काशीपुरको आनन्द गार्डेन अस्थायी जेलमा रहेका एक अन्य गरी चारजना रुद्रपुरको मेडिकल कलेजको बाथरुमको ग्रील तोडेर भागेको भारतीय प्रहरीले जनाएको छ। ती चारैजना कोरोना संक्रमित भएको र उनीहरुको मेडिकल कलेजको कोभिड सेन्टरमा उपचार भइरहेको थियो।
भारतीय प्रहरीका अनुसार फरार हुनेहरुमा सेन्ट्रल जेलमा रहेका आनन्द, गौरब पाल र देबेन्द्र धानुक छन्। अर्कालाई भने चोरी आरोपमा केहि दिन अघि मात्रै काशीपुरस्थित अस्थायी जेलमा ल्याइएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्