काठमाडौँ । पछिल्लो ८ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट ललितपुरका विभिन्न अस्पतालमा चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुरको पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिए ।
गेलालका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला र भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्