वीरगञ्ज । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज र भैरहवाको भीम अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
मुटु र दमको समस्या रहेका बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको हो। यो सँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
त्यस्तै भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए ।
भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएकी उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्