बझाङ । जिल्लाको मष्टा गाउँपालिका स्थित शिव मन्दिरभित्र एक १२ वर्षीया दलित बालिकाको हत्या भएको छ । बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले आशंका गरिएको छ ।
बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया सम्झना कामीको हत्या भएको अवस्थामा शव फेला परेको बझाङ प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिएका छन् ।
खड्काका अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको छ । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् ।
हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति पौने १० बजे बालिकालाई खोज्दै जाँदा मन्दिरभित्र भेटिएको स्थानिय स्रोतले जनाएको छ ।
थप अनुसन्धानका लागि बुधबार राति नै प्रहरी उपरीक्षक रुपक खड्कासहितको टोली घटनास्थल गएको हो । शवलाई पोष्ट मार्टमका लागि सिमखेत ल्याइदैछ ।
आफ्नो प्रतिकृया दिनुहोस्