काठमाडौं । कोभिड-१९ संक्रमणका कारण महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा एक जना कर्मचारीको मृत्यु भएको छ।
अस्पतालकै सफाइ कर्मचारिको मृत्यु भएको कोभिड-१९ व्यवस्थापन समितिका संयोजक सन्तकुमार दासले जानकारी दिए। उनका अुनसार ५७ वर्षीया ती महिला अस्पतालको वार्डमा सफाइ कर्मचारीको रुपमा कार्यरत थिइन्। उनको मंगलवार विहान निधन भएको हो ।
असोज ३ गते संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनको मृत्यु भएको हो। ‘स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेका थियौं। तर पनि उहाँको स्वास्थ्यमा सुधार भएन,’ दासले भने।
दम र थाइराइडको समस्या भएकी ५७ वर्षीया महिला ३ महिनादेखि बिदामा रहेको बेला संक्रमण भएको दासले बताए।’ यसअघि शनिवार पनि टिचिङमा १ जनाको संक्रमणका कारण निधन भएको थियो। २४ घण्टामा भने एक जना संक्रमितको मात्रै निधन भएको दासले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्