धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमित ती पुरुषलाई नोबेल मेडिकल कलेज विराटनगरले धरान रिफर गरेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए ।
कोरोना परीक्षण गर्दा ५ असोजमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएपनि अवस्थामा सुधार नआएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
७ असोजमा प्रतिष्ठानमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ६८ वर्षीय ती पुरुष उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामी थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्