कास्की । पोखरा महानगरपालिका-३१ बनपोखरी स्थितमा शिसुवाबाट बाघको छाला, सालकको खपेटा र आखेटोपहार सहित एक जना युवक पक्राउ परेका छन् ।
शिसुवाबाट बनपोखरी तर्फ जादै गरेको जिल्ला धादिङ गल्छी गाउँपालिका-४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अबैध बाघको छाला-१ थान, सालकको खपेटा -१ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी ३ के.जी. ७५० ग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार बन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिसुवा, कास्की समेतबाट खटिएको प्रहरी टोलीले लामिछानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्