कञ्चनपुर । जिल्लाको डोकेबजारबाट सुनका गहनासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीय अनुसन्धान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बैबाट आएका दुई जनालाई सुनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका २ का २२ बर्षीय मोहन कामी र १९ बर्र्षीय सुमित भुजेल रहेका छन्। भारतको बरेलीबाट सुनका गहनाहरु लिएर नेपाल ल्याउँदै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए।
प्रहरीका अनुसार प्रहरीले सोधपुछका गर्दा अरुले नै सुनका गहना डोटी पुर्याउन भनेर आफूहरुलाई दिएको उनीहरुले बयान दिएका छन्। उनीहरुको साथबाट सुनका बाला (ठूलो) पाँच थान, चुरा चार थान, औँठी चार थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, बाला (सानो) एक थान लगायतका गहना बराम गरिएको छ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा राखिएको छ । उनीहरुको साथबाट फेला परेको गहना सुन भए नभएको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्