काठमाडौं । कास्की जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेस दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनलाइ कास्की जिल्ला कारागार चलान गरिएको हो ।
‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी (अधिकारी) निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए ।
पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ९१० बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।
‘सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ जिल्ला कारागार पठाउनु’ आदेशमा छ ।
पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप थियो । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ (घटना भएकै दिन) मा अधिकारीलाई पक्राउ गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्