सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् ।
पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।
घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।
गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार यी ३८ जना वेपत्ता भएका हुन् ।
- छविलाल दोङ
- सोमरानी दोङ
- धनलक्ष्मी
- शिरमाया दोङ
- विवरानी दोङ
- साहिँली दोङ
- बिबी लक्ष्मी
- सानुकान्छा
- साङलामो दोङ
- सोनाम दोङ
- हिरा भक्ति
- जीते झाँक्री
- सानुकान्छी दोङ(गर्भवती)
- दिन्दुस दोङ
- सुरज दोङ
- करेसमाई दोङ
- च्यामा दोङ
- सानु दोङ
- टीकामाई दोङ
- छिरिङ दोङ
- मानबहादुर दोङ
- जयबहादुर दोङ
- प्रिया दोङ
- प्रीति दोङ
- कान्छी दोङ
- सानुकान्छी दोङ
- वाङ्ची लामा दोङ
- धनमाया तामाङ दोङ
- रेनिस दोङ
- मेकमाई दोङ
- मिलन दोङ
- विमला दोङ
- माइला पराङ
- प्रकाश दोङ
- साइली दोङ
- आयुश दोङ
- सुवास तामाङ
- टीकामाई दोङ
आफ्नो प्रतिकृया दिनुहोस्