सिन्धुपाल्चोक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ ।

३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए ।
झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्