काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबिचको छलफल सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल करिब ४ घण्टा बसेर भोली पुनः बस्ने गरि सकिएको हो ।
९ दिनको संवादहिनतालाई तोड्दै प्रचण्ड बिहीबार बिहान ११ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पनि बुधबार एक टेलिभिजन अन्तरवार्ताको क्रममा पार्टीमा देखिएको विवाद पाँच दिनभित्र वार कि पार हुने भनेपछि बिहीबार बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा प्रचण्ड र ओलीबिच सकारात्मक छलफल भएको प्रचण्डका प्रेस संयोक विष्णु सापकोटाले बताएका छन् । उनका अनुसार नेकपाभित्रको विवाद समाधान उन्मुख रहेको र चाँडै नै सकारात्मक परिणाम देखिने बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्