एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् ।
छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।
बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनैपनि सहयोग स्विकार नगर्ने जानकारी गराएका थिए । उनले सवै सीमा नाका बन्द गरिरहनुपर्नेमा जोड दिएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको उनले बताए ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए ।
तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए ।
नेता उनले यसअघि गत जुलाई अन्त्य तिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए । त्यस बेला धेरै प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्