काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि कलंकी क्षेत्र सील गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको छ ।
स्थानियवासी, स्थानीय क्लब, वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका पसलहरू बन्द गरिएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ ।
कोटेश्वर, न्यूरोड, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्