काठमाडौं, २७ साउन । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत डिएसपी नबिन कार्कीलाई रिस उठेपछि नुवाकोटका एक व्यक्ति बिरुद्द जबरजस्ती बलात्कारको मुद्दा दर्ता भएको छ। डिएसपीलाई रिस उठेकै भरमा प्रारम्भिक अनुसन्धाननै नगरी एक पाठक थरका व्यक्ति बिरुद्ध बलात्कारको मुद्दा दायर भएको हो ।
जोरपाटीमा अस्थाई रुपमा बस्दै आएका पाठकको स्थानीय व्यक्तिसँग लेनदेनको विवाद भएको थियो । गत महिना प्रहरीले ती व्यक्तिलाई थुनामा राख्यो । तर, लेनदेनको प्रमाण प्रहरीसँग थिएन ।
त्यसपछि ती व्यक्ति आफुलाई गैरकानुनी थुनामा रखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए । आयोगका सदस्य सुदीप पाठकले ती व्यक्तिलाई बिना प्रमाण पक्राउ नगर्न भन्दै चेतावनीपूर्वक पत्र पठाएका थिए ।
आयोगको पत्रले बौद्ध वृत्तका डिएसपी नवीन कार्कीलाई आक्रोशित बनायो । उनको अर्काे पक्षसँग दोस्ती भएको पाइएको छ । पाठक पक्षले डिएसपी कार्कीले अर्को पक्षसँग आर्थिक लाभ लिगेको आरोप समेत लगाउँदै आएको छ। मानव अधिकार आयोग प्रयोग गरी आफुलाई तर्साउन खोजेको प्रतिशोधमा डिएसपी कार्कीलेनै महिलालाई पाठकविरुद्ध बलात्कार मुद्दा दर्ता गराउन लगाएका हुन् । अहिले कार्की विवाद आएका छन्। त्यसो त कार्की पटक पटक विवादमा पर्दै आएका प्रहरी अधिकारी हुन्। यसअघि रौतहट जिल्लामा कार्यरत रहँदा अफताव आलमलाई भगाउन खोजेको आरोप पनि लागेको थियो। वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहँदा सेटिङ्गमा ट्रान्स पाटी गर्न दिएको भन्दै उनको चर्को आलोचना भएको थियो। नेकपा निकट नेताहरुसँग राम्रै उठबस रहेका कार्कीलाई प्रधानमन्त्रि कार्यालयमा कार्यरत दिपेन्द्र दाहालको सिफारिसमा बौद्ध लगिएको थियो।
बौद्ध वृत्तमै कार्यरत इनसपेक्टर कृष्ण श्रेष्ठले कार्यालयमा उपरखुट्टी लगाएर बसेको भन्दै एक युकवलाई ६ घन्टा थुनेको छन् । गत १४ साउनमा स्थानीय मोहन लामा उजुरी लिएर वृत्तमा गएका थिए । आफ्नो अगाडि उपरखुट्टी लगाएर बसेको भन्दै इन्सपेक्टर श्रेष्ठले गैरकानुनीरुपमा थुनेको भन्दै उनले माथिल्लो निकायमा उजुरी गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्