एजेन्सी । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८ सय ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै भारतमा अहिलेसम्म ३७ हजार ३ सय ६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५४ हजार ७ सय ३६ जनामा संक्रमण देखिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय २४ पुगेको छ।
कोरोना संक्रमितमध्ये ११ लाख ४५ हजारभन्दा बढी बिरामी निको भएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्