काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पताल र बुटबलको कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको हो।
पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिए।
डा.शर्माका अनुसार उनको गएराति १ बजे उपचारका क्रममा मृत्यु भएको हो। १८ गते अस्पताल भर्ना भएकी ती महिलामा इन्सेफ्लाइटिसको समस्या पनि थियो।
यस्तै, गएराति नै बुटवलमा कपिलवस्तुका एक पुरुषको मृत्यु भएको छ। उनको मृत्युको जानकारी अस्पतालले बुधबार बिहान दिएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालका अनुसार आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचाररत संक्रमितको गएराति निधन भएको हो।
कपिलवस्तु तौलिहवाका ४२ वर्षीय ती पुरुषामा निमोनियाको समस्या देखिएको थियो। उनलाई २५ गते अस्पतालमा भर्ना गरिएको थियो।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुगेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्