काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित विरेन्द्रचोकमा १५ बर्षीया किशोरी बलात्कृत भएकी छिन् । प्रहरीका अनुसार किशोरीलाई ललाईफकाई र लोभमा पारि ३१ बर्षीय युवकले बलात्कार गरेका हुन् ।
सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ काँडाघारी बस्ने डेविड भनिने सुशिल खड्काले किशोरीलाई विभिन्न प्रलोभन देखाएर बेहोस बनाई बलात्कार गरेका हुन् ।
प्रहरीका अनुसार गत मंगलबार खड्काले वीरेन्द्रचोकमा रहेको भेटघाट रेस्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाई वियर खुवाएर लठ्याएका थिए ।
त्यसपछि राति सोही रेष्टुरेन्टको क्याविनमा राखि जवरजस्ती करणी गरेको महानगरिय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
किशोरीले प्रहरीमा उजुरी दिएपछि खड्कालार्य बिहीबार बिहान पक्राउ गरि अनुसन्धान थालेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्