काठमाडौं । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय १ पुगेको छ।
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनी साउन २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनको शनिबार बिहान स्वास्थ्य गम्भीर भएपनि श्वास नलीमा ट्युब राखेर उपचार भइरहेको थियो।

उनको शनिबार बिहान नै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्