सुर्खेत। कालिकोट खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
आफ्नै गाउँकी बहिनी पर्ने १६ बर्षीया बालिकालाई विगत तीन बर्षदेखि ललाईपखाई बलात्कार गर्दै आएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए ।
उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्