काठमाडौं । आर्थिक वर्ष ०७६/७७ मा घरेलु हिंसा र महिला हिंसाका एक हजार चार सय ७४ उजुरी दर्ता भएका छन् ।
राष्ट्रिय महिला आयोगमा एक हजार तीन सय १८ घरेलु हिंसाका उजुरी छन् । त्यस्तै एक सय ५६ वटा महिला हिंसाका उजुरी परेका छन् ।
संसदको महिला तथा बालबालिका समितिमा राष्ट्रिय महिला आयोगले आज पेस गरेको वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ ।
जसमा यो वर्ष ४५८ शारीरिक हिंसा, ५८९ मानसिक हिंसा, २२४ आर्थिक हिंसा र ४७ यौनजन्य हिंसाका उजुरी परेका छन् ।
त्यस्तै, जबर्जस्ती करणीका ३७, नागरिकतासम्बन्धी ६, कुटपिट १०, मानसिक यातनाका २० र यौनजन्य हिंसाका १५, चरित्र हत्याका २१ उजुरी परेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्